नेपाल भेटेरिनरी एशोसिएसनको हटलाइन सेवा
नेपाल भेटेरिनरी एशोसिएसनले हटलाइन सेवा सुरू गरेको छ । कोरोना महामारीका बीचमा पशुपन्छीपालक कृषकहरुले भोगेका समस्याहरुलाई समाधान गर्न सो सेवा सुरू गरिएको एशोसिएसनले जनाएको छ ।
निरन्तर रुपमा पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बरमार्फत निरन्तर परामर्शको सुविधा दिन हटलाइन फोन सेवा सुरु गरेको एसोसियसनले बताएको छ ।
नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुँच करिब ३० प्रतिशत कृषकको मात्र पुगेको परिप्रेक्षमा यस कार्यले सेवा पाउनबाट बञ्चित दुर दराजको कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिने एसोसियनसको विश्वास छ । टेलिमेडिसिन परामर्श सेवाका निम्ति एशोसिएसनले देशभरिबाट करिब ३०० पशु चिकित्सकहरुको सम्पर्क नम्बर सार्बजनिक गरेको छ । टेलीलिमेडिसिन परामर्श सेवा आवश्यकताका अनुसार भिडियो प्रबिधि मार्फत पनि हुनेछ ।
पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थापकीय पक्षसम्बन्धी समस्याको समाधानका लागि आवश्यकता अनुसार ११५९ डायल गरेर निशुल्क विज्ञको परामर्श लिन सकिनेछ । यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको संघले बताएको छ । यसमा नेपाल भेटेरिनरी एशोसिएसनसँग निम्बस कम्पनीले सहकार्य गरेको छ । निम्बस नेपालमा पशुपन्छीको पेलेट दाना उत्पादन गर्ने कम्पनि हो ।