महानगरले नगरबासीलाई सहुलियत दिने «

महानगरले नगरबासीलाई सहुलियत दिने

काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई केही राहत र सहुलियतको योजना पेस गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन् । कोभिड–१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रित हुने बताए । यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयरलगायत सबै सहभागी हुने बताए । नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केही सहायता उपलब्ध गराउने बताए ।
काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाका कारण व्यापार व्यवसाय, पेसा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मेयर शाक्यले नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको बताए । महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने उनको दाबी छ । यसका साथै काठमाडौं महानगरले गरिरहेका नियमित कामलाई पनि प्राथमिकताको आधारमा वर्गीकरण गरेर योजना कार्यक्रम बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्