निषेधाज्ञामै मार्सीधान रोपाइँको चटारो
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाकै बीच जुम्लामा मार्सीधान रोपाइँ भइरहेको छ । जेठ दोस्रो सातासम्म जुम्लामा जौ थन्क्याएपछि फाटफुट सुरू हुने रोपाइँ तेस्रो सातादेखि धमाधम हुने गरेको छ ।
जुम्ली किसानलाई रोग भन्दा रोगको चिन्ता छन् । स्थानीय किसान बेलु चनरा भन्छिन्,“वर्षात धेरै भएकोले यस वर्ष जौ उत्पादन दोब्बर घटेको छ । कोरोनाले महंगी बढाएकै छ । त्यसैले पनि कोरोनाको प्रवाह नगरी मार्सी रोप्ने चटारो चलेको छ ।”
जुम्लाका आठै स्थानीय तहका सबै मार्सी फाँटहरुमा धान रोप्नेहरु मात्र देखिन्छन् । देश विदेशमा माग बढ्दै गएपछि जुम्ली किसानको मार्सीधान खेतीमा आकर्षण बढेको छ ।
जुम्ला जिल्लाभर रोपाइँ सुरु हुँदा किसानहरु आजभोली मार्सी रोप्न मात्रै व्यस्त देखिन्छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट लगायतका सबै ठाउँमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ भइरहेको हो ।
कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाले मुलुकमा देखा परेको खाद्य संकटले कृषि क्षेत्रलाई प्रथामिकता दिनु पर्ने सिकाई सबैलाई भएको छ । तर जुम्लामा जौ उत्पादन घटेपछि भोकमरी हुने चिन्ता छ । “जुम्लाको पहिचानसँगै खाद्य संकटलाई समधान गर्न पनि मार्सी रोप्न आवश्यक छ” स्थानीय किसान रतन दमाई भन्छन्, “रोगको चिन्ता गरी खेती नगरे भोकले मर्ने चिन्ता छ, त्यसैलै पनि कोरोना त्राससँगै मार्सीधान रोपीरहेका छौ ।”
खेती योग्य जमिनमा अव्यवस्थित शहरीकरण हुँदा उत्पादकत्व घटेको छ । तर स्थानीय तहले मार्सी प्रर्वद्धन कार्यक्रम ल्याउन नसकेको सर्वसाधारणको गुनासो छ । जुम्लामा रहेका करिब १९ हजार घरधुरीमा सबैले थोरैधेरै मार्सीधानको खेती गर्छन् । आफ्नै उत्पादनले बढीमा ६ महिना चलेपनि रैथाने खेतीमा जुम्ली किसान पछि नहटेको कोरोना महामारी जारी रहेकैबेला स्वास्थ्य सावधानी अपनाएर मार्सीधान रोपाइँ चलिरहेको समेत उनको भनाइ छ ।
विश्वकै उच्च स्थानमा धान फल्ने छुमचौर ज्यूलो र जुम्लामै पहिलो मार्सीधान रोपिएको तातोपानीको लाछु ज्युलोमा पनि रोपाइँ शुरु हुने क्रममै छ । विगतमा छुमचौर र लाछुको गुरुफोक्टोमा महोत्सव हुन्थ्यो । तर यस वर्ष कोरोना कहरले जुम्लाममा कतै रोपाइ महोत्सव भएका छैनन् ।
जिल्ला कृषि विकास कार्यालयका जुम्लाका अनुसार जुम्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको छ । यहाँको रैथानी कालीमार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ ।
भने ६० प्रतिशत उन्नजातको धान रोप्ने गरेको तथ्यांक रहेको उत्पादन बढाउन कृषि अनुसन्धान निकालेको उन्तजातका धानको विउ रोप्ने क्रम पनि बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । उनका अनुसार धानखेती विस्तार गर्न तथा उत्पादन बढाउन स्थानीय तहले मार्सीधानमा आधारित ठोस नीति र बजेट ल्याउन आबश्यक ।
जौ उत्पादन घट्यो
जुम्लामा यस वर्ष हिउदे बाली जौ उत्पादन दोब्बरले घट्ने भएको छ । जौ पाक्ने तथा काट्ने बेला भएको अत्यधिक बर्षात, बाला नलाग्ने, कालो ढुसी परेका बाला भएका कारण उत्पादन घट्ने भएको छ । सिंजा क्षेत्रमा जेठमा पनि जौ हरिया भएपनि अधिकांश ज्युलोमा गाई छोडिएको र थोरै काटेपनि गेडानै नभएको किसानले बताएका छन् ।
कनकासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला भण्डारीले सिंजा क्षेत्र संगै जुम्लामा यस वर्ष जौ उत्पादन घटेपछि भोकमरी हुने चिन्ता व्यक्त गरिन् । अबको बजेट कृषि र स्वास्थ्यमैत्री हुनुको विकल्प नरहेको समेत उनको भनाई छ । जुम्लाका आठै स्थानीयतहमा गरिएको जौ खेतीमा पाक्ने र भित्राउने बेला भएको नियमित वर्षातले बालानै नलागएपछि किसान चिन्तामा परेका छन् । स्थानीय सरकारले कृषिलाई प्रर्बद्धन गर्नेलाई किसालाई राहत दिने खालको नीति कार्यक्रम र बजेट ल्याउने भन्ने अपेक्षामा जुम्ली किसान छन् ।
फोटो क्याप्सन ः जुम्लामा काली मार्सी धान रोप्दै । तस्बिर ः सागर परियार