Logo

कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउँदै रोल्पा कांग्रेस


नेपाली कांग्रेस रोल्पाले कोरोना संक्रमित बिरामीहरूलाई निःशुल्क पौष्टिक आहारा खुवाउन सुरु गरेको छ । कोरोनाका कारण रोल्पा अस्पताल भर्ना भएका बिरामीहरूलाई पौष्टिक आहारमा सहयोग गर्ने भन्दै नेपाली कांग्रेस रोल्पाले यस्तो कार्यक्रम थालनी गरेको हो ।
कोरोना संक्रमितहरूको पौष्टिक खानाका लागि नेपाली कांग्रेस रोल्पाले कोष स्थापना गरेको छ । कोषमा नेपाली कांग्रेस रोल्पाले ५० हजार, सभापति अमरसिंह पुनले २५ हजार तथा अन्य नेता कार्यकर्ताले समेत रकम जम्मा गरेको नेपाली कांग्रेस रोल्पाले जनाएको छ । नेपाली कांग्रेस रोल्पाका नेता कार्यकर्ता, शुभेच्छुक तथा भ्रातृसंगठनका नेता कार्यकर्ताहरूको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको नेपाली कांग्रेस रोल्पाका प्रवक्ता कविता उपाध्यायले जानकारी दिइन् । उक्त कार्यका लागि मासिक १ लाख खर्च लाग्ने अनुमान गरेको नेपाली कांग्रेस रोल्पाले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई यो कार्यक्रम निकै फलदायी हुने नेपाली कांग्रेस रोल्पाले अपेक्षा गरेको छ ।
कोभिड नियन्त्रण तथा रोकथामका लागि सवै पक्ष आ–आफ्नो क्षेत्रमा क्रियाशील रहनुपर्ने आवश्यताअनुसार नेपाली कांग्रेस रोल्पाले यस्तो कार्यक्रमको थालनी गरेको हो पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने । यस्तो कार्यमा सबैले सहयोग गर्नुपर्छ पुनले भने । कोेरोनाका कारण विपन्नहरू वढी जोखिममा हुने भएकाले उनीहरूलाई थप सहयोगको जरुरी छ सभापति पुनले भने । कोरोनाविरुद्ध जिल्लामा अक्सिजनलगायतका सामग्री अपुग हुन नदिन सबै चनाखो हुनुपर्ने पुनको भनाइ छ ।
रोल्पा अस्पतालका डाक्टरहरू संगको सल्लाहबमोजिम १ साताका लागि पौष्टिक खानाको सूची तयार गरेका छौं सोही सूची अनुसारको पौष्टिक खाना खुवाइन्छ सभापति पुनले भने । हाल रोल्पा अस्पतालको आइसोलेसनमा १५ जना कोरोनाका बिरामीहरू छन् ।
यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि रोल्पाको थवाङमा निःशुल्क खाजा खाना खुवाउने कार्यको थालनी गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल थवाङको आयोजनामा निःशुल्क खाजा र खाना खुवाउन थालिएको हो । थवाङ गाउँपालिकाको आइसोलेसनमा बसेका कोरोना संक्रमित तथा तिनका कुरुवाहरूलाई खाजा र खाना खुवाउन थालिएको गोविन विकले जानकारी दिए । आइसोलेसनमा खाजा र खानाको व्यवस्था सरकारी निकायबाट नभएपछि आफूहरूले युवाहरूको पहलमा यस्तो कार्यक्रमको थालनी भएको हो विकले भने । आइसोलेसनमा अत्यन्तै विपन्नहरूसमेत बसेकाले उनीहरूले होटेलको खाना किनेर खादा थप आर्थिक भार पर्ने भएकाले यस्तो कार्यक्रम गरिएको हो विकले भने ।


महेश न्यौपाने

प्रतिक्रिया दिनुहोस्