रुपन्देहीको ठुटेपीपलमा नेपाल बैंक लिमिटेडको शाखा «

  रुपन्देहीको ठुटेपीपलमा नेपाल बैंक लिमिटेडको शाखा

 नेपाल बैंक लिमिटेडले (नेवैली ) प्रदेश नम्बर ५ रुपन्देही जिल्ला ओम सतिया गाउँपालिका–१ ठुटेपीपलमा शाखामा पुनःस्थापना गरेको छ । पुनःस्थापित उक्त शाखाको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहकाबीच संयुक्त रूपमा उद्घाटन गरे ।
सो अवसरमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाहले पुनःस्थापित शाखाले स्थानीय जनतालाई बचत, आयआर्जन तथा उद्यमशीलता विकासमा सहयोग पु¥याउने अपेक्षा प्रकट गरे । सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाका कारण वि.सं. ०५६ चैत ७ गते उक्त शाखा बन्द गरिएको थियो । वि.सं. १९९४ सालमा नेपालको अगुवा बैंकका रूपमा स्थापित भई आठदशक दुई वर्षयता नेपालको वित्तीय बजारमा गतिशील, सक्षम, दिगो वित्तीय संस्थाका रूपमा नेपालको बैंकिङ विकासमा अहम् भूमिका निर्वाह गर्दै आएको यस बैंकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटीएम सेवा बिन्दुमार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पु¥याइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्