ज्योति विकास बैंक र सिदार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीबीच सम्झौता «

ज्योति विकास बैंक र सिदार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीबीच सम्झौता

 ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्रालिबीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटल तथा रेस्टुराँका शाखा सञ्जालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ । त्यस संस्थाअन्तर्गत होटल कैलाली सिद्घार्थ प्रालि, टीकापुर, कैलाली, पिस सिद्घार्थ कटेज रेस्टुराँ र भिऊ होटल सिद्घार्थ प्रालि, नेपालगन्ज, सिद्घार्थ रिसोर्ट प्रालि, चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोर्ट प्रालि, चुम्लिङटार, चितवन, सिद्घार्थ कटेज रेस्टुराँ, बुटवल, होटेल सिद्घार्थ, सुन्धारा, काठमाडौं, सिद्घार्थ कटेज रेस्टुराँ एन्ड बार प्रालि, तीनकुने, काठमाडौं आदि गरी हाल १८ वटा होटल तथा रेस्टुराँहरु सञ्चालनमा छन् । सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशीलकुमार शर्मा र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्