नागरिक लगानी कोषले १७.८९%लाभांश बाँड्ने «

नागरिक लगानी कोषले १७.८९%लाभांश बाँड्ने

नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरूलाई १७.८९ प्रतिशत लाभांश दिने भएको छ । कोषको आर्थिक वर्ष २०७६/०७७ को आम्दानी बाँडफाँट गर्ने भएको हो । जसमध्ये नौ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांश बाँड्न लागिएको हो ।
असार १८ मा कोषको साधारणसभा बैठक बस्ने तय भएको छ । जेठ २१ मा बसेको सञ्चालक समितिको बैठकले लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्