Logo

राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजबीच सहकार्य

द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्रले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् ।
दुवै संस्थाले संयुक्त रुपमा नेपालको वर्तमान संकटको अवस्थामा सहयोगका लागि नेशनल इनोभेशन सेन्टरलाई थप उर्जाशिल बनाउन र राहत कार्यलाई अझ सुदृढ पार्नका लागि एक परियोजना अगाडि बढाउने भएका छन् ।
“नेशनल इनोभेशन सेन्टरसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ” कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने, “हामी विश्वास गर्दछौँ कि कोभिड–१९ विरूद्ध लड्न यसले धेरै सहयोगी भूमिका खेल्ने छ । आउने दिनमा पनि यी प्रकारका साझेदारी र सिएसआर गर्दै जानेछौँ ।”
सामूहिक रूपमा, टिबिसी र एनआइसीले कोभिड–१९ विरुद्ध फ्रन्ट लाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्य सामग्रीहरु वितरण गर्ने लक्ष्य राखेको जनाएको छ ।
यो संकटको समयमा आम मानिसलाई आवश्यक सेवाहरू प्रदान गरिने बताइएको छ । यसका लागि टिबिसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ । यो उद्देश्य प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ ।
यस क्रममा संयुक्त रुपमा टिबिसी र एनआइसीले कोभिड–१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ ।
कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर काम गर्नेहरूलाई सहयोग पु¥याउन सुरक्षात्मक उपकरण विकास गर्ने, र भेन्टिलेटर जस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउनेछ ।
वितरण र पहुँच केन्द्रित गर्ने सुनिश्चित गर्नको लागी सबैभन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग पु¥याइने छ । टिबिसीको इनोवेशन हब र इनक्युबेशन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्रोजेक्टमा अनुसन्धान हुनेछ ।
एनआईसी अधिकारीहरूद्वारा निरीक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन् । यसले महामारीका बीच कसरी संकटको सामना गर्ने सोच विकास गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्