होटल व्यवसाय धरासायी बन्दै
दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएको म्याग्दीका ४ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर सञ्चालन भएका होटलहरु कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जाँदा पलायन हुन बाध्य बनाएको होटल व्यवसायी एवम म्याग्दी होटल ब्यवसायी संघ अध्यक्ष ताराप्रसाद आचार्यले (बावुराम) बताए ।
५ लाखदेखि ३ करोड रुपैयाँसम्म लगानी गरेर सञ्चालन भएका सदरमुकाम बेनी, सिंगा तातोपानी, भुरुङतातोपानी, घोडेपानी, खोप्रा, दरवाङ, गलेश्वरलगातका क्षेत्रका होटल व्यवसायीहरु बैंकको किस्ता समेत तिर्न नसक्ने अवस्थामा पुगेको होटल ब्यवसायी बताउछन् । “जिल्लामा अर्बांै रुपैयाँ लगानी होटल क्षेत्रमा छ, भने हजारौँ संख्यामा दिएको रोजगारी समेत गुमेको छ” उनले भने ।
पछिल्लो समय बढ्दो संक्रमणले आन्तरिक रुपमा आउने पर्यटक पनि नहुँदा होटल ब्यवसाय छोडेर अन्य व्यवसायमा लाग्ने संख्या बढ्दै गएको व्यवसायी आचार्यले बताए । हिमाल पारीको जिल्ला मुस्ताङमा घुम्न आउने पर्यटक लक्षित होटलहरु लगभग १५ महिनादेखि भाडा, बैंकको किस्ता र कर्मचारीको तलव व्यवस्थापनमा होटल व्यवसायी समस्यामा छन् ।
पर्यटकीय स्थल सुनसान भएपछि चिज उद्योग बन्द छ ।
अन्नपूर्ण गाउँपालिकाको राम्चे, घार र पाउद्वारमा तीन वटा चिज उद्योग बन्द भएका हुन् । बजारमा खपत हुन छाडेपछि चिज उत्पादन बन्द गरिएको घारको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले जानकारी दिएको छ । भने ।
उत्पादित चिज पनि यथावत रहेको छ । होटल तथा रेष्टुरेण्ट बन्द हुँदा तरकारी, दूध, कुखुरापालक कृषकहरुको व्यवसाय पनि डुबेको छ । उत्पादन भएको वस्तुहरु होटल तथा रेष्टुरेण्टमा बिक्री हुँदा आम्दानी हुने कृषि उपजहरु आधा मूल्यमा पनि बिक्री हुन छोडेको हो ।