प्रकोप व्यवस्थापन कोषमा २५ लाख «

प्रकोप व्यवस्थापन कोषमा २५ लाख

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरण व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघसंस्था र दाताबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि २३ गतेसम्ममा आर्थिक ५ करोड ४ लाख ७१ हजार १ सय रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । यसै क्रममा आइतबारमात्र २५ लाख ८३ हजार ३ सय रुपैंया बराबरको आर्थिक सहयोग प्राप्त भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्दै विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्