नयाँ म्युजिक भिडियो ‘रामपियारी भर्सेस रामपियारा’ सार्वजनिक «

नयाँ म्युजिक भिडियो ‘रामपियारी भर्सेस रामपियारा’ सार्वजनिक

जीवन बडु र आकृति मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कविता रायसँगै मोडल सुधीर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ । यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देखन सकिन्छ । ¥यापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुसार निर्माण गरिएको छ । दर्जनौं म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिता राएले यस गीतबाट राम्रै आश गरिएको बताएकी छिन् ।
केही दिनअघि मात्र नायक तथा मोडल पल शाहसँग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधीर दुवैसँग काम गर्दा भिडियोमा आफूलाई धेरै सजिलो भएको बताइन् । हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाइन्छ । डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधीरले पनि कवितासँग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए । कविताजीको अभिनय प्रतिको इनर्जी देख्दा मलाई नै अचम्म लागेर आउँछ सुधीरले भने ।
डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ पाउनेमा नायिका तथा मोडल कविता राए ढुक्क रहेकी छिन् ।
निर्देशक विशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय झलकहरू देख्न पाइन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन विश्वकर्माले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्