पोखरामा मोजो ३०० बिक्री सुरु

महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटोमोबाइल्समार्फत बिक्री प्रारम्भ गरेको छ । यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसर मा पौष २७ गतेका देखि शुभारम्भ गरिएको जनाइएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहक हरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गरिने भएको छ । महिन्द्राको मोजोले आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।