Logo

एनएमबि बैंकले विद्युतीय सवारी साधन र साईकल किन्न ८०% कर्जा दिने

एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।
एनएमबि बैंकले विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाइनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।
साथै, एनएमबि बैंक र माउन्टेन बाईक बिक्रेताहरु बीच जुन महिना भरी इएमआईमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ । यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काडमाण्डौं बाइक स्टेशन पानीपोखरी, साइकल ल्याण्ड, काठमाडौंबाट माउन्टेन बाइकहरु एनएमबि सुलभ किस्ता योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दिमा खरिद गर्न सक्नेछन् । हालको परस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको हो । वातावरणीय संरक्षण र ग्राहकहरुको आवश्यकतालाई सघाउ पु¥याउने कार्यलाई प्रबद्र्घन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो ।
“बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङको सदस्यको नाताले शुन्य कार्बन उत्सर्जनका लागि वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्ध रही आफ्ना ग्राहकवर्गहरुको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ निरन्तर प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्