एनआईसी एशिया बैंकमा अनलाइनबाट खाता खोल्दा आइफोन जित्ने मौका

एनआईसी एसिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बैंकले अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज र भिडियो च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो । यही जेठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगितामध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ ।
एकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । प्रतियोगितामा सहभागी हुनका लागि विभिन्न चरणहरु पार गर्नुपर्ने बैंकले जनाएको छ ।
प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक÷एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक महानुभावलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ ।
त्यस्तै भिडियो च्यालेन्जका लागि भने युट्युबमा भिडियोहरू अपलोड गर्ने युट्युबरहरू यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुनसक्ने बैंकले जनाएको छ ।
भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाइन खाता प्रक्रिया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’बारेमा सहभागीले खुलेर प्रस्तुति दिनुपर्ने हुन्छ ।
सहभागीले आफूसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युट्युबमा यस बैंकको आधिकारिक युट्युब च्यानललाई ट्याग गरी घरबाटैअनलाइन खाता र एनआईसी एसिया बैंक ह्यासट्याग उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ ।
सहभागी भएका भिडियोहरूमध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।