प्याब्सन, एनप्याब्सन र मिदासको सहकार्य «

प्याब्सन, एनप्याब्सन र मिदासको सहकार्य

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजिज प्रालिको सहकार्यमा विद्यार्थीका अभिभावक, शिक्षक र कर्मचारीले मेरो डक्टरबाट सेवा लिन सक्ने भएका छन् ।
कोरोनाको महामारीसँगैको जारी निषेधाज्ञाले हिडडुमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो सुविधा दिइएको हो ।
यसअनुसार आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर अनलाइन भिडियो कन्सल्टेसन सर्भिसमार्फत मेरो डक्टरमार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्नसक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको छ । मिदास टेक्नोलोजिज प्रालिले सञ्चालनमा ल्याएको मेरो डक्टरमा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध रहेको बताइएको छ ।
बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट मेरो डक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्