Logo

कुमारी बैंक र टेले उपचारबीचमा व्यावसायिक साझेदारी

कुमारी बैंक र टेले उपचार डटकमका बीचमा ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ ।
सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेले उपचार डटकमको सेवा प्राप्त गरी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ । कुमारी बैंकको मोबाइल एप ‘कुमारी स्मार्ट’ वा बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिनेछ ।
टेले उपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेले उपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकवर्गलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्र्द बैैंकका ग्राहकहरुले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।
बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्