Logo

सामाजिक सुरक्षा कोषमा खल्तीबाट भुक्तानी गर्न सकिने

सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत रकम जम्मा गर्न सक्ने भएका छन् । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि उक्त सेवा कार्यान्वयनमा आएको हो ।
यसअन्तर्गत अब कोषमा सरकारी र निजी कार्यालयमा कार्यरत कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ । नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दाबी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।
“खल्तीले सामाजिक सुरक्षा कोषमा आबद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ” खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक भुर्तेलले भने, “हामीलाई विश्वास छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाई सरल र सही बनाउन थप टेवा पुग्नेछ ।”
कोषका कार्यकारी निर्देशक ज्ञवालीले कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्तीसँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले ७७ वटै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबीसै घण्टा रकम जम्मा गर्ने सुविधा मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्