वीरगन्ज उवासंघको सहयोगमा बाल सघन चिकित्सा इकाइ सञ्चालन
नारायणी अस्पतालमा ३० वेडको बाल सघन चिकित्सा इकाइ सञ्चालनमा आउने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ र नारायणी अस्पतालले संयुक्त रुपमा स्थापना नारायणी अस्पतालको पूर्वतर्फ रहेको मुख्य भवनमाथि निर्माण गरिएको ३० वेडको बाल सघन चिकित्सा इकाइको उद्घाटन गरिएको छ ।
पर्साका प्रमुख जिल्लाअधिारी पिताम्बर घिमिरेले बाल सघन चिकित्सा ईाइको उद्घाटन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले कोरोना संक्रमण महामारीमा वीरगन्ज उद्योग वाणिज्य संघले अस्पतालमा बाल सघन चिकित्सा इकाइ स्थापना गरेर मानवीय कार्य गरेको बताए ।
आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका व्यावसायीहरुको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघको गर्विलो ईतिहास रहेको बताउँदै उनले यहाँका निजी क्षेत्रले हरेक क्षेत्रमा गरेको सामाजिक कार्य उदहरणीय रहेको बताए ।
कोरोना संक्रमणको उच्च जोखिमको अवस्थाबाट केही सहजतातर्फ गइरहेको अवस्थामा फेरि तेश्रो भेरियण्टको बढी जोखिम बालबालिकालाई हुने भन्दै विज्ञहरुले सचेत गराइरहेको अवस्थामा नारायणी अस्प्तालमा पूर्वतयारीको रुपमा बालबालिकाहरुको उपचारका लागि सघन चिकित्सा इकाइ स्थापना र सञ्चालनले उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्ला कोभिड संकट व्यवस्थापन समितिमा राखिएको प्रस्तावलाई स्वीकार गरेर बाल सघन चिकित्सा इकाइ छोटो समयमा संरचना निर्माण गरेकोमा धन्यवाद दिए । २० दिन अघिको दिनको चिन्तिाजनक अवस्थामा सबै सरोकारवाला निकायको समन्वय र सहकार्यले संक्रमण दर र संक्रमितको मृत्यु र संख्या पनि घटेको भन्दै सबैको सहयोगले सफलता प्राप्त गरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष गणेशप्रसाद लाठले वीरगन्जका निजी क्षेत्रले सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप बाल सघन चिकित्सा इकाइको स्थापनापछि सञ्चालनमा आए बालबालिकाहरुको उपचारमा सहज हुने बताए । वीरगन्ज उद्योग वाणिज्य संघको सहयोगमा निर्माण भएको अस्पतालहरुको व्यावस्थापन चुस्त दुरुस्त हुनुपर्नेमा पनि जोड दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले कोरोना संक्रमणको पहिलो र दोश्रो लहरमा वीरगन्जले ठूलो मानवीय क्षतिव्यहोर्नु परेको पीडाकाबीच र फेरि तेश्रो भेरियण्ट पनिआउने सम्भावना भएकाले त्यसमा बालबालिका बढी प्रभावित हुने वैज्ञानिकहरुको भनाइलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाइ निर्माण गरिएको जानकारी दिए ।