योजना कार्यान्वयन गर्नु प्राथमिकता : महिला मन्त्री «

योजना कार्यान्वयन गर्नु प्राथमिकता : महिला मन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताइन् ।
आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् । ती कार्यान्वयन हुन नसकेका कामहरूलाई कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताइन् । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रूपमा दिलाउन पनि आफूले जोड दिने बताइन् । उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय स्थानिय निकायको ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासोहरू भएको भन्दै आफ्नो सेवा प्रवाहलाई दुस्तदुरुस्त राख्न आग्रह पनि गरे । उनले भनिन्, ‘मेरो कार्य योजना, नीतिगत कामहरू त छँदैछ । तर, कस्तोलाई प्राथमिकता दिने, धेरै योजना बनाएर मात्रै होइन, जुन बनेको योजनालाई पनि कसरी सकारात्मक रूपले त्यो समस्यालाई समाधान गर्ने, धेरै योजनाहरू बनाउँछौ तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा जोड दिन जरुरी छ । म विश्वास दिलाउँछु, जुन नीतिहरू बनिसकेको छ । जुन कार्यान्वयन भइसकेको छैन । त्यसमा बढी नै जोड दिएर गर्नेछौं । धेरै चिज बनाएर एकैचोटी यो गर्छु, त्यो गर्छुभन्दा पनि बनेको नेपाल सरकारको संविधानदेखि नियम, कानुन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा जे पनि छ त्यसलाई कसरी कार्यान्वयन र छिटोभन्दा छिटो मन्त्रालयबाट पाउने सेवा, सुविधा हो त्यसमा जोड दिने ।’
मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि ५ वर्षीय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार सम्हाल्नुभएको हो । कार्यभार सम्हाल्दै उहाँले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्