समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न सरकारमा : ऊर्जा मन्त्री भण्डारी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताए ।
आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरूले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीले लिनुभएको समृद्ध नेपाल सुखी नेपालीलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने बताए । उनले भने, ‘जसपा र नेकपा(एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौं ।
हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामि मित्र शक्ति मान्छौं र त्यसैको आधारमा सहकार्य गर्छौं भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडी बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौं ।’
उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।