Logo

स्वास्थ्य बिमा बढाउन जनप्रतिनिधिहरूलाई अभिमुखीकरण

स्वास्थ्य बिमा बढाउन जनप्रतिनिधिहरूलाई अभिमुखीकरणस्वास्थ्य बिमा बढाउन जनप्रतिनिधिहरूलाई अभिमुखीकरणनरी बडु बैतडी, २७ पुष जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको एक वर्ष पुगेको छ । हालसम्म यहाँका सात सय चार परिवारका ३ हजार ४ सय ४० जनाले स्वास्थ्य बिमा गराएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन निर्वाचिन जनप्रतिनिधिहरूलाई अभिमुखिकरण तालिम दिन थालिएको छ । अधिकासं जनप्रतिनिधिहरूले समेत हालसम्म स्वास्थ्य बिमा गराएका छैनन् । तुलनात्मक रूपमा विमित सदस्यहरू बढेपनि हरेक नागरिकहरूलाई स्वास्थ्य बिमा र यस्को फाइदाका बारेमा जानकारी गराउन नसक्नु लगायतका कारणले सोचेअनुसार नागरिकहरूले बिमा गराएका छैनन् । निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखिकरण तालिम दिएर नगरपालिका, गाँउपालिका र वडाका हरेक नागरिकले बिमा गराउन भन्ने उद्देश्यले निर्वाचित सबै जनप्रतिनिधिहरूलाई तलिम दिन लागिएको स्वास्थ्य बिमा समिती बैतडीका प्रवन्धक जनक साउदले बताए ।

“बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा संञ्चालन गर्न अभिमुखिकरण दिन लागिएको र यस्ले जनप्रतिनिधिहरूलाई पनि स्वास्थ्य बिमाप्रति जिम्मेवार बनाउछ ।” साउदले भने । नेपाल सरकारले गरिब तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य उपचारलाई सरल तथा सहज बनाउन ०७३ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको थियो । पाँच जनाको परिवारले दुई हजार पाँच सय वार्षिक बिमा गरेमा प्रतिव्यक्ति ५० हजार सम्मको उपचार निशुल्क रूपमा पाउने व्यवस्था छ । यदि पाँच जना भन्दा बढीको परिवार संख्या भएमा चार सय २५ का दरले थम रकम तिर्नुपर्ने स्वास्थ्य बिमा समितिका दर्ता अधिकारी विष्णु जोशिले बताए ।

आर्थिक अभावले उपचार गराउन नसक्नेहरूका लागि स्वास्थ्य बिमाले निकै सहज भएको विमित सदस्यहरूको भनाई छ । “पत्नीको उपचारका लागि मसंग पैसा थिएन स्वास्थ्य बिमाको कार्डले नै मैले उस्को उपचार गरे ।” जिल्लाको पुचौँडी नगरपालिकाका विमित सदस्य धनबहादुर धानुकले भने ।स्वास्थ्य बिमा समितीले जिल्लाका १० वटै स्थानीय तहमा गएर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पुर्ण निर्वाचिन जनप्रतिनिधिहरूलाई स्वास्थ्य बिमाको अवस्था र यस्का फाईदाहरूका बारेमा अभिमुखिकरण दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्