कृषिको व्यवसायीकरणका लागि स्थानीय तहले गर्नुपर्ने काम «

कृषिको व्यवसायीकरणका लागि स्थानीय तहले गर्नुपर्ने काम

कृषिलाई नाफामूलक व्यवसायका रूपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरू आकर्षित हुन सकेका छैनन् ।

नेपालमा परम्परागत रूपमा निर्वाहमुखी खेती प्रणाली अवलम्बन गरिँदै आएको र कृषि विकासका लागि भएका सरकारी तथा गैर–सरकारी क्षेत्रबाट भएका प्रयासहरू सीमित स्रोत र साधनहरूका कारण एकीकृत रूपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका छैनन् । कृषिलाई नाफामूलक व्यवसायका रूपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरू आकर्षित हुन सकेका छैनन् । गुणस्तरीय कृषि उत्पादन सामग्रीहरूको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रीकरण अवलम्बन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिँचाइ, कृषि सडक, ग्रामीण विद्युतीकरण, कृषि उद्योगहरूसँगको समन्वयको अभाव रहँदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रूपमा नभई परम्पराका रूपमा मात्र अवलम्बन गरिँदै आएको छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली÷वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थाजस्ता क्रियाकलापमार्फत कृषि क्षेत्रको व्यवसायीकरणको परिकल्पना गरी काम गर्नुपर्ने हुन्छ ।
यिनै पृष्ठभूमिलाई मध्यनजर गर्दै कृषि क्षेत्रको व्यवसायीकरणका लागि स्थानीय निकायहरूले गर्नुपर्ने कामहरूबारे यहाँ चर्चा गरिएको छ ।

नीति र कार्यक्रम फ्रेमवर्क
– स्थानीय स्तरमा कृषि प्रवद्र्धनका लागि ऐन, नीति, निर्देशिकाहरू तयार पार्ने ।
– कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्र मैत्री नीति बनाउने । निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी–साझेदारी संयन्त्र बनाउने । संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोधहरू हटाउन र प्रमुख उत्पादन क्षेत्रहरू जोड्न पहल गर्ने ।

राम्रो कृषि अभ्यासका साथमा गिरावट र बाँझो जमिनको उपयोग
– उर्वराशक्ति नष्ट भएको र बाँझो जमिनको उपयोग गर्न ‘ल्यान्ड बैंक प्रणाली’ स्थापना गर्ने ।
– माटोको उर्वराशक्ति सुधार गर्न र माटोमा जैविक पदार्थ बढाउँदै लैजान, जग्गालाई पुनर्जीवित गर्न र कृषि योग्य बनाउन कार्यक्रम लागू गर्ने ।
– मल उत्पादन गर्न, फोहरको पुनःप्रयोग गर्न फोहर संकलकहरू, पुनःप्रयोगका लागि समूहहरू र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
– जैविक मल उत्पादन गर्नका लागि सहयोग प्रदान गर्ने र सुरक्षित र राम्रो कृषि अभ्यासहरू र कीटनाशक प्रयोग गर्दा व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको प्रयोगका बारेमा चेतना जगाउने ।
– किसानहरूलाई सुरक्षित र दिगो कृषि अभ्यास अपनाउन प्रोत्साहन गर्न एक प्रमाणीकरण निकायको स्थापना गर्ने ।

पानीको सदुपयोग
– सिँचाइ सुविधाका लागि कार्यक्रम बनाउने । पानीको उचित उपयोगलाई प्रोत्साहित गर्ने ।
– कम पानी चाहिने खालका बालीहरूको खेती गर्न प्रोत्साहित गर्ने ।

उत्पादन कार्यहरू
‘एक क्षेत्र एक बाली’ (पकेट क्षेत्र) खेती प्रणाली लागू गर्ने ।
विषादीरहित खाद्य उत्पादन र उत्पादनमा आधारित अनुदान प्रणाली स्थापित गर्ने ।
जैविक र इको–लेबल प्रमाणित आफ्नै ब्रान्ड उत्पादन विकास गर्ने ।
उत्पादन लागत घटाउन कृषि यन्त्रको प्रयोग बढाउने कार्यक्रम बनाउने । जस्तै कस्टम हाइरिङ सेवा, कृषि यन्त्रमा अनुदान आदि ।
कीटनाशक अवशेष विश्लेषण प्रयोगशाला स्थापना र सेवा प्रदान गर्ने ।
बजार माग र आपूर्ति अवस्थाको विश्लेषण गर्ने र किसानलाई मागअनुसार उत्पादन गर्न सहयोग गर्ने ।
किसानलाई उन्नत गुणस्तरीय उत्पादन र बाली भिœयाउने तरिकाबारे सीपमूलक तालिम प्रदान गर्ने ।
प्रशोधन, ग्रेडिङ र प्याकेजिङ सुविधाहरूमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने ।
स्रोत केन्द्र स्थापना गर्न र यी केन्द्रहरूमार्फत कृषकहरूलाई सहयोग पु¥याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।

बाली भित्र्याएपश्चात (पोस्ट हार्भेष्ट) क्षति न्यूनीकरण
– बाली भित्र्याएपश्चात् हुने क्षतिलाई न्यूनीकरण गर्न प्रविधि र यातायात अभ्यासमा सुधार गर्न किसानहरूलाई तालिम, उचित प्याकेजिङमा सहयोग, भण्डारण घर निर्माण, भण्डारण डिब्बा आदिमा सहयोग गर्ने ।
– दैनिक खानामा आयातित उत्पादनको सट्टा स्थानीय उत्पादनलाई प्रयोग गर्न प्रोत्साहन गर्ने ।

बजारीकरणका कार्यहरू
– उत्पादन समूह र सहकारी संस्थाहरूको उत्पादन संकलन र बजारीकरण गर्न निजी क्षेत्रलाई लगानी गर्न सहयोग गर्ने र मूल्य प्रवाह र बजारलाई सुनिश्चित गर्दै उत्पादन प्रवाहका लागि आउटलेट स्थापना गर्ने ।
= साना र मध्यम खालका कृषि व्यवसाय स्थापना गर्न सहयोग गर्ने ।
– संकलन केन्द्रहरू, कोल्ड स्टोरेज, गोदामहरू र बजारहरू स्थापना गर्ने ।
– उत्पादनहरूका लागि थोक खरिद केन्द्रहरू स्थापना गर्ने, जहाँ उत्पादनहरू ठूलो परिमाण संकलन गर्न सकियोस् ।
– लेबलिङ, मूल्य निर्धारण, प्याकेजिङ र उत्पादनको प्रवद्र्धन गर्ने कृषि व्यवसायलाई प्रोत्साहित गर्ने ।
– स्थानीय उत्पादनको खपत बढाउन प्रचारप्रसार तथा जागरुकता अभियान र प्रशिक्षण कार्यक्रम गर्ने ।
– व्यापार मेला र प्रदर्शनीहरू आयोजना गर्ने ।
– कृषि बजार सूचना प्रणाली स्थापित गर्ने ।
– प्रमाणीकरण र गुणस्तर जाँच प्रणाली स्थापित गर्ने ।
– प्याकेज सामग्री निर्माण गर्न स्थानीय उद्योगहरूलाई प्रोत्साहित गर्ने ।
– विशेष कार्यक्रम– हाट बजार, कृषि प्रदर्शनी, स्थानीय उत्पादनको प्रयोग, सपिङ जाँदा आफ्नै झोलाको प्रयोग, शाकाहारी भोजन, पुनःप्रयोग, कुनै कुरा खेर नफाल्ने आदिजस्ता अभियान सञ्चालन गर्ने ।

प्रविधि, मेसिनरी र उपकरणहरूको प्रयोग
– डिजिटल समूहका लागि प्राथमिक समूह र सहकारीलाई प्राविधिक सहयोग प्रदान गर्ने । कृषि समूह र सहकारीहरूलाई डिजिटल सेवामार्फत लेनदेनको व्यवस्था गर्ने ।
– लैङ्गिक मैत्री मेसिनरी र उपकरणलाई ध्यानमा राखी कस्टम हायरिङ सेन्टरहरू सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।
– उपकरण र मेसिनरी पसलहरू स्थापना गर्न सहयोग प्रदान गर्ने ।
– सोसल मिडियामार्फत स्थानीय उत्पादनहरूको प्रचार गर्ने ।
– नयाँ प्रविधि र नयाँ विशेषज्ञतामा आधारित रहेर उत्पादन तथा सेवाहरू बजारमा ल्याउन कृषि समूह र सहकारीहरूको क्षमता अभिवृद्धि गर्ने ।

सुशासन
– कृषि समूह र सहकारीहरूको विकास योजनाहरू बनाउन र सोअनुसार कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने । व्यावसायिकतातर्फ उन्मुख योजना तयार गर्न र कार्यान्वयन गर्न सहयोग गर्ने ।
– समूहको गतिशीलता, बजारीकरण, लघु उद्यम विकास, बचत तथा ऋण, स्थानीय स्रोत परिचालन र सुशासनमा कृषि समूह तथा सहकारीहरूलाई प्रशिक्षित गर्ने ।
– उत्पादकहरू र उपभोक्ताहरूको फाइदाका लागि ‘बिचौलियाहरू’ का गतिविधिहरू नियमन गर्ने ।
– उत्पादक, बिचौलिया, व्यापारी, सहकारी, प्रशोधनकर्ता, ढुवानीकर्ता, सेवाप्रदायक र निर्यातकर्तालाई विभिन्न समूह र संघ-संस्था गठन गर्न र प्रतिस्पर्धी बन्न संगठित सञ्जाल निर्माण गर्न सहयोग गर्ने ।
– व्यवसायका अवसरहरू सिर्जना गर्न बजार श्रृंखलाका कर्ताहरूबीचको सम्बन्ध स्थापित गर्न र सेवा प्रवाह गर्न व्यवसाय सेवा डेस्क स्थापना गर्ने । हाल सञ्चालनमा रहेका कृषि व्यवसायहरूको विस्तार र सुदृढीकरणमा सहयोग गर्ने ।
– साना कृषि समूहहरूलाई ठूला कृषि सहकारीमा परिणत गरी सामूहिक रूपमा व्यवसाय गर्ने वातावरण मिलाउने ।
– निष्क्रिय कृषि समूह र सहकारीहरूको पहिचान रद्द गर्ने ।
– कृषि समूह र सहकारीहरूबीच सहकार्य रहेको पहलहरूलाई सहयोग पु-याउने ।
– सरकारी, गैरसरकारी, कृषि व्यवसायी, बहुपक्षीय संगठनहरू एवं नागरिक समाजसँग सहकार्य गर्ने ।
– राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सान्दर्भिक बजारकर्ताहरूको सहभागितालाई सहज बनाउने ।

कोभिड–१९ को परिस्थितिको सामना गर्नका लागि सिफारिस
– कृषि बजार केन्द्रहरूमा भौतिक दूरी, सेनिटाइजर र व्यक्तिगत सुरक्षा वस्तुहरूको प्रबन्ध गर्ने ।
– रोजगार सूचना केन्द्र स्थापना गर्ने । डिजिटल टेक्नोलोजी-पोर्टलमार्फत रोजगारीका अवसरहरूसम्बन्धी जानकारी प्रसार गर्ने ।
– छोटो अवधिका सीपमूलक तालिम कार्यक्रमहरू आयोजना (उदाहरणका लागि कोभिड–१९ को कारणले रोजगारी गुमाएका युवाहरूलाई कृषि मेसिनरी मर्मतसम्बन्धी तालिम) आयोजान गर्ने ।
– विदेशबाट घर फर्केका युवाहरूको सीपलाई प्रवद्र्धन गरी सीपमा आधारित प्रशिक्षणबाट स्वरोजगारका अवसरहरू सिर्जना गर्ने ।
– कृषि उत्पादन र कृषि व्यवसायीको व्यापार बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि कम्पनीहरूसँग सहकार्य गर्ने ।
– स्थानीय कोटा प्रणालीमार्फत विदेशबाट आयात गरिएको कृषि उपजको नियमन र व्यवस्थापन गर्ने ।
– स्थानीय उत्पादनहरूको मार्केटिङको सुविधा पु-याउने ।
– कृषि व्यवसायीहरूका लागि आवश्यक कच्चा पदार्थ र उत्पादनहरूलाई ढुवानी गर्नका लागि सहज वातावरण बनाउने ।
– कृषि उद्यमहरूको उत्पादन र सञ्चालनका लागि सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन बैंकहरूसँग सहकार्य गर्ने । कृषि क्षेत्रमा पुनर्कर्जाको सुविधा पु¥याउने र कृषि ऋणको ब्याजमा अनुदानको व्यवस्था गर्ने । किसानहरूले लिएको ऋणको भुक्तानी अवधि बढाउने ।
– स्थानीय कृषि व्यवसायलाई बिजुली महसुल र सेवा शुल्क कम गर्ने ।
– पकेट क्षेत्रहरू पहिचान गरी ‘एक क्षेत्र – एक बाली-पशुधन कार्यक्रम लागू गर्ने ।
– लकडाउनको क्रममा समेत बजारमा कृषि उत्पादनहरूको वितरण सुनिश्चित गर्ने ।
– किसानहरूको मनोबल बढाउनका लागि कार्यक्रमहरू (जस्तै : सम्मान, बिमा, प्रदर्शनी, भ्रमण र बालबालिकाहरूलाई छात्रवृत्ति आदि) सञ्चालन गर्ने ।
– स्थानीय उत्पादनलाई राहत प्याकेजका रूपमा वितरण गर्ने र सजिलो पहुँचका लागि स्थानीय बालीहरूको भण्डारण सञ्चालन गर्ने ।
– अनलाइन अर्डर र होम डेलिभरी प्रणालीहरूका लागि व्यवस्था गर्ने ।
– सहरी क्षेत्रमा प्रत्येक घरको छानामा कौशी खेती प्रवद्र्धन गर्ने ।

(लेखक कृषि बजार प्रणालीसम्बन्धी विज्ञ हुन् । उनी कृषि तथा वन विज्ञान विश्व विद्यालयका एड्जङ्ट फ्याकल्टीका रूपमा समेत आबद्ध छन् । यहाँ उल्लिखित विचार लेखकका निजी विचारहरू हुन् ।)

प्रतिक्रिया दिनुहोस्