अन्तर्राष्ट्रिय पर्वतीय दिवस र बढेको पर्यटक «

अन्तर्राष्ट्रिय पर्वतीय दिवस र बढेको पर्यटक

हालै नेपालको पर्यटकीय राजधानी मानिएको पोखरामा अन्तर्राष्ट्रिय पर्यतीय दिवस मनाइयो । पर्वतीय दिवस र पर्वतहरूको कुरा गर्दा विश्वमा हाल विश्वले मान्यता दिएको १४ वटा हिमाल वा भनौं पर्वतमध्ये नेपालमात्रै ८ वटा छ । यसले नेपालको पर्यटन उद्योगमा मेरुदण्डकै काम गरेको छ भन्दा फरक पर्दैन ।
पर्वतहरूको कुरा गर्दा ससाना पर्वतहरूको त कुरा छाडौं, नेपालमा हिमरेखा भन्दा माथिका लगभग १७ सयवटा भन्दा बढी हिमालहरू रहेका छन् भने नेपाल सरकारले पटक–पटक गरेर लगभग ४ सय १४ वटा ५ हजार ५ सय मिटरभन्दा अग्ला हिमालहरू पर्वतारोहीहरूका लागि खुला गरेको छ । त्यसरी नेपाल सरकारले पटक–पटक गरेर पर्वतारोहीलाई आरोहण गर्नका खुल्ला गरिएका हिमालमा छुकुङ–रीदेखि लिएर विश्वकै अग्लो (८,८४८ मिटर) सगरमाथा अर्थात् चोमोलुङमा (एभरेस्ट) लगायत अन्य ८ हजार मिटरभन्दा माथिका ७ वटा हिमालहरू पनि रहेका छन् । त्यसमध्ये नेपाल सरकारले ३३ वटा (६ हजार मिटर आसपासका) हिमाललाई ‘ट्रेकिङ पिक’ का रूपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघ (एनएमए) लाई रेखदेख गर्ने, परमिटबापत शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको छ । पर्वतारोहणका लागि खुला गरिएका बाँकी हिमालहरू नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागको मातहतमा छ ।
अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरकै बेला भन्नु पर्दा नेपालबाहेक ८ हजार मिटरभन्दा अग्लो हिम शिखर चीन ८ हजार ८ सय ४८ मिटर चोमोलुङमा (एभरेस्ट) चीन–नेपाल सिमाना, ८ हजर १३ सिसा–पाङमा नेपाल–चीन सीमा र ८ हजार ६ सय ११ मिटर के–टु, ८ हजार १ सय २५ मिटर नांगा पर्वत पाकिस्तान, ८ हजार ६८ मिटर गसेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, ८ हजार ५६ मिटर ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८ हजार ३४ मिटर गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमाना हो । यीबाहेक विश्वकै तेस्रो अग्लो ८ हजार ५ सय ८५ मिटर अग्लो कञ्चनजंघा हिमाल पनि नेपाल भारत–सिक्किम) को सीमामा रहेको छ । माथि उल्लिखित यी तीनवटै देशमा पर्वतारोहीले हिमाल चढ्दा लाग्ने सलामी शुल्क नेपालको दाँजोमा कम छ ।
हुन त पर्वतारोहीहरूले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूर पश्चिम क्षेत्रमा रहेका केही हिमालहरू नेपाल सरकारले केही हिमालहरू निःशुल्क र केही हिमाल ५० प्रतिशत छुटमा चढ्नका लागि खुल्ला गरेको छ, तर भौगोलिक दूरता र यातायातको कठिनाइले गर्दा हिंडेरै गएर चढेर फर्कंदा तीन–चार महिनाभन्दा पनि बढी समय लाग्न सक्ने भएकाले अहिलेको जस्तो हतारोको जमानामा सम्भव नै छैन । त्यसमाथि आर्थिक रूपमा ज्यादै खर्चिलो पनि हुन्छ— पर्वतारोहण । सायद त्यसैको प्रभावस्वरूप हुन सक्छ, हालसम्म अपेक्षित रूपमा सफलता मिल्न सकेको छैन । भनिन्छ, ती निशुल्क चढ्न पाइने भनिएको केही हिमालहरू चढ्न पाऊँ भनी अनुमतिका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महशाखामा निवेदन हालेका छैनन् !
त्यसैले यस वर्षको पर्वतीय दिवसको अवसरमा नेपाल सरकार र नेपालका पर्यटन व्यवसायीहरूमाथि उल्लिखित पर्यटन व्यवसायीहरूको संगठन, संघसंस्था र दक्षता हासिल गरेका कामदार वा भनौं मजदुरहरूलाई बाह्रै काल कसरी रोजगार बनाउने ? भन्नेतर्पm सोचेर नयाँ–नयाँ कार्यक्रमहरू ल्याउने, पर्यटकीय गन्तव्यहरू पहिचान गर्ने, नयाँ–नयाँ पर्वत वा भनौं हिमालहरू आरोहणका लागि खुला गर्ने, यसरी खुल्ला गरिएका पर्वत वा भनौं हिमाल आरोहण गर्न आउने विदेशी पर्वतारोहीहरूलाई सहुलियत दरमा सेवा–सुविधाहरू उपलब्ध गराउने लगायतका कार्यक्रमको खाका पनि तयार पार्ने दिशातर्पm अग्रसर हुनुपर्ने देखिन्छ । त्यसो गर्न सके मात्रै यो वर्ष १० लाख पुगेको सार्थकता प्रमाणित होला कि ?
—निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्