युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिलको विशेष साधारणसभा

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष साधारणसभा बोलाएको छ । युनाइटेड फाइनान्सले नबिलमा विलय हुने प्रस्ताव पारित गर्न र नबिलले युनाइटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न आउँदो असार ५ गतेको लागि विशेष साधारणसभा बोलाएका हुन् ।
नबिल बैंकले युनाइटेड फाइनान्सको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुने गरी मर्जर प्रस्ताव पारित गर्न लागेको हो । यस्तै, एक्विजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा जानेछ ।
विशेष साधारणसभा प्रयोजनाको लागि दुवै कम्पनीले जेठ १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएका छन् । जेठ २७ गतेसम्म कायम नबिल बैंकका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।