Logo

उद्योगी तथा व्यवसायीलाई अनलाइनबाटै कर शिक्षा

Cropped Image Of Businessman Using Laptop At Desk In Office

दाङमा आर्थिक वर्ष २०७८/०७९ को बजेटमा भएको कर संशोधनका बारेमा उद्योगी तथा व्यवसायीहरुलाई जानकारी दिएको छ ।
अनलाइको माध्यमबाट उद्योगी तथा व्यवसायीहरुलाई बजेटमा करमा गरेको संशोधनका बारेमा जानकारी गराइएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघले डीवी सेठी एशोसियट घोराहीको सहकार्यमा अनलाइन शिक्षा कार्यक्रम गरिएको हो । संघीय सरकारले गरेको करमा गरिएको संशोधनका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।
सरकारले ल्याउने नीतिका बारेमा जानकारी गराउन संघले यस प्रकारको कार्यक्रम निरन्तर रुपमा गर्दै आएको उनले बताए । “सरकारका विभिन्न नीतिको बारेमा जानकारी नहँुदा उद्योगी, व्यवसायीहरुलाई समस्या हुने भएकाले यस प्रकारको कार्यक्रम गरिएको हो” उनले भने । यसले उद्योगी तथा व्यवसायीलाई व्यवसाय गर्दा सहयोग पु¥याउने उनी बताउँछन् ।
त्यस अवसरमा सीए दीपक सेठीले आर्थिक वर्ष २०७८/०७९ मा करमा गरिएको संशोधन, करमा आएको परिवर्तन, आय कर संशोधन, कस्ता क्षेत्रमा सरकारले राजस्व विशेष छुटको व्यवस्था ल्याएको लगाएका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्