बिजुक्छेद्वारा ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक सार्वजनिक «

बिजुक्छेद्वारा ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक सार्वजनिक

नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) लेभक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदनको अनलाइनमार्फत शनिबार सार्वजनिक गरे । कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले(ङातापोल्हँ) पाँचतले मन्दिर र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयका रूपमा रहेको बताए ।
कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउँहुँदै अध्यक्ष बिजुक्छेले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकहरूबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्र्ने बताए ।
पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजका रूपमा रहेको बताउँदै उनले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथाप्राविधिकहरूलाई दक्ष बनाउनुपर्नेमा जोड दिए ।
योग्यता र अनुभवविनामन्त्री बनाउने प्रचलनका कारण देशका मन्त्रालयहरू लथालिंग रहेको र कमिसनको चलखेल व्याप्त रहेको उहाँले बताउनुभयो । उनले सरकारमा गएका राजनीतिक पार्टीका कारण देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको बताए ।
चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ भन्दै नेता बिजुक्छेँलेचुरे दोहनमा पूर्व र वर्तमान सरकारहरू जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट पार्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले आजभन्दा ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नपाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेको बताए । उनले दरबार क्षेत्रमा ९९ चोक उत्खनन् गर्नुपर्ने, भक्तपुरको पुरानो नपाको भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्नेलगायतका ठूला योजनामा नपाले पहल गर्ने विश्वास व्यक्त गरे ।

भक्तपुर नपाको आह्वानमा नपाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माण तथा स्वास्थ्य उपकरणहरू व्यवस्था गर्नको लागि स्वतःस्फूर्त ढंगले आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको र सोको लागि पनि सहयोगी भूमिका खेल्ने सबैमा धन्यवादज्ञापन गरे । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल व्यवस्थित रूपमा छिट्टै सञ्चालनमा ल्याई जनताको सेवामा समर्पित रहने बताए ।
कार्यक्रममा प्रा.डा. सुदर्शनराज तिवारीले २०७२ सालको भूकम्पबाट क्षति पुगेको पाँचतले मन्दिरको जीर्णोद्धार र सबलीकरणको काममा सल्लाहकारको रुपमा कम गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो । भक्तपुर नपाले गरेको कामलाई प्रकाशनको माध्यमबाट उजागर गर्ने कार्य उल्लेखनीय भएको बताउनुहुँदै डा. तिवारीले मन्दिर जीर्णोद्धारमा देखिएको जनसहभागिताका कारण यस मन्दिरप्रति समाजको अपनत्व हुनु सकारात्मक रहेको बताए ।
प्रा.डा. प्रेमनाथ मास्केले पाँचतले मन्दिर जीर्णोद्धार कार्य भक्तपुर नपाको ठूलो देन हो भक्तपुरका अन्य सांस्कृतिक सम्पदाहरूको संरक्षणलाई नपाले निरन्तरता दिनुपर्ने बताए । उनले सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको नियमित अनुगमन र मर्मत सम्भार हुनुपर्ने बताउनुहुँदै सम्पदाहरूको निम्ति विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने र मन्दिर जीर्णोद्धारमा निरन्तर खटिएका प्राविधिक, कालीगढ धन्यवादका पात्र हुनुहुन्छ भने ।

प्रतिक्रिया दिनुहोस्