दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो
विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो । सो कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जानाएको छ ।
उक्त कारको नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको छ । नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो ।
देशमा यस्ता सवारी साधनको प्रभाव बढाउन कम्पनीले लागि परेको दाबी गरेको छ । यसकारण गत वर्ष पनि आयातमा लाग्ने कर र महसुलहरु बढे पनि गाडीको मूल्य उच्च नराखिएको कम्पनीले बतायो ।
दीगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार रहेको कम्पनीको दाबी छ । यो नयाँ डिजाइनको आधुनिक कार हो । यो कार १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटकको चार्जले सामान्य अवस्था मा १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ । उक्त कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्णरुपमा सजिलै चार्ज गर्न सकिन्छ ।
दीगो इ८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालनमा १ रुपैयाँ १० पैसा मात्रै पर्ने कम्पनीले जानकारी दिएको छ ।