एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजना «

एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजना

एनआईबीएल एस क्यापिटलले इकाईधनीहरुलाई एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ ।
तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा सहभागी हुन कम्पनीले गत २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो। हालसम्म पनि सो योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासीघ्र सहभागी हुन आग्रह गरिएको हो ।
यस योजना अन्तर्गत इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिन जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्