Logo

डिशहोमको मेरो मनको दोस्रो देश अभियान सुरू

नेपालको एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको सञ्चालक डिशहोमले मेरो मनको दोस्रो देश नामक नयाँ अभियान सुरु गरेको छ ।
७७ वटै जिल्लामा सेवा सञ्चालन गरिरहेको कम्पनीले नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबलप्रेमी दर्शकहरुलाई लक्षित गरी नयाँ अभियान सुरु गरेको हो । गत वर्ष महामारीको कारण रद्द गरिएको यूईएफए युरो २०२० यस वर्ष प्रसारण गर्न डिशहोम सम्पूर्ण रुपमा तयार रहेको जनाएको छ ।
दर्शकहरुले यो फुटबल प्रतियोगिता डिशहोमको एचडी च्यानल एक्सन स्पोर्ट्समा हेर्न सक्ने बताइएको छ । ‘मेरो मनको दोस्रो देश’ ह्यासट्याग सामाजिक सञ्जालमा सेयर गरी यो योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमाञ्चकारी बनाउने कम्पनीको दाबी छ । यसअन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्छन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिशहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ ।
जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्