दया फाउन्डेसनको चिकित्सा उपकरण सहयोग
दया फाउन्डेसनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा उपकरणहरु प्रदान गरेको छ ।
हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर र एक हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।
संस्थाको सहयोग विशेषत निम्न आयवर्गका व्यक्तिको उपचारका लागि लक्षित रहेको फाउन्डेसनका अध्यक्ष राजेश प्रधानले बताए । यस फाउन्डेसनले क्रिटिकल केयर नर्सिङ संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउन्डेसनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङसम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई दिने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१ गतेसम्म जारी रहने बताइएको छ । यो संस्था समाजसेवी स्व.दयारामभक्त माथेमाको स्मृतिमा उनको परिवारले पारिवारिक ट्रस्टको रुपमा समाजसेवाका लागि सन् २००९ बनाएका हुन् ।