दुई सरकारी कम्पनीले आजदेखि खाद्यान्नमा २० प्रतिशत छुट दिने «

दुई सरकारी कम्पनीले आजदेखि खाद्यान्नमा २० प्रतिशत छुट दिने


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले बिक्री गर्ने खाद्यान्नमा शुक्रबार देखि २० प्रतिशत छुट दिने भएको छ ।
सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने भएका हुन् । बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले सो निर्णय गरेको हो । दुवै कम्पनीले सूचना निकालेर शुक्रबारदेखि खाद्यान्नमा छुट दिने जानकारी गराएका हुन् ।
छुटवापतको शोधभर्ना रकम अर्थ मन्त्रालयले बेहोरने छ । निषेधाज्ञा अवधिभर छुट दिएको रकम मध्येको ८० प्रतिशत सरकारले उपलव्ध गराउने छ भने २० प्रतिशत सम्बन्धित कम्पनीले दिने छन् । खाद्य कम्पनीले चामल र सिमीमा २० प्रतिशत छुट दिनेछ । कम्पनीले प्रतिपरिवार ३० केजीको एक बोरा चामल र २ केजी सिमीमा छुट दिने बताएको छ ।
यस्तै कर्पाेरेशनले पाँच जनाको परिवारलाई एक महिनामा २ केजीको पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटरको भटमासको खाने तेल र एक सिलिण्डर ग्यास सहुलियदरमा उपल्ध गराउने निर्णय भएको कर्पाेरेशनका नायव महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए । उपभोक्ताले २० प्रतिशत छुटवापत पिठो प्रतिकेजी ४४, चिनी प्रतिकेजी ६३, नुन प्रतिकेजी १६, भटमासको तेल प्रतिलिटर १८८ र खाना पकाउने एसटीसी ग्यास ११ सय २० रुपैयाँमा पाउने छन् । छुट लिनका लागि उपभोक्ताले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा परिवारको सदस्यहरुको नाम र संख्या उल्लखे गरी बुझाउने पर्नेछ ।
शुक्रबारदेखि निषेधाज्ञाको अवधिर उपभोक्तालाई खाद्यान्न खरिद गर्दा २० प्रतिशत छुट दिइने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । दुई कार्यलयको बिक्री केन्द्रबाट उपभोक्ताले छुट मूल्यमा सामान खरिद गर्ने सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्