Logo

२० थान अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री वितरण


काठमाडौंको बोधिसत्वा विहार र समाजसेवी शान्त शर्माको पहलमा पोखरामा २० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
पोखरामा रहेका तीनवटा सामुदायिक अस्पताल, कास्कीका ४ गाउँपालिका, पत्रकार महासंघ कास्कीसहितका विभिन्न संघ संस्थालाई करिब ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो । बिहीबार एक समारोहका बीच उक्त मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरा महानगरले हालै पोखरा–२७ को वडा कार्यालयमा सञ्चालन गरेको एक सय शैयाको शिशुवा कोभिड अस्पताललाई जनही १० मिटरको २/२ र ५ लिटरको ३/३ वटा गरी ५/५ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको संयोजक दीननाथ बरालले बताए ।

त्यसैगरी तीन सामुदायिक अस्पताललाई जनही एक/एक सय पीपीई सेट, एक/एक कार्टुन औषधि, मास्क, सेनिटाइजर, ट्वाइलेट क्लिनर, फिनेल, ह्याण्डवास, फेशशिल, अक्सोमिटर लगायतका स्वास्थ्य सामग्री रहेको उनले जनाए । उक्त स्वास्थ्य सामग्री संयोजक दीननाथ बराल, सामाजिक बाल अभियान्ता पे्रन्शा रेग्मी, पोखरेली युवा व्यवसायी श्याम शेरचनले पोखरा महानगरका मेयर मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा.भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल, संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनलाई हस्तान्तरण गरिएको थियो । कास्कीको अन्नपूर्ण, रुपा र मादी गाउँपालिकालाई जनही ५ लिटरको अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री शुक्रबार वितरण गरिने भएको छ । कास्कीका ४ गाउपालिकालाई जनही एक एक थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री वितरण गरिने छ ।


गरिब दुःखी अशक्तको आहारा मास्टर उनै हुन् सहारा भन्ने नारा साथ मास्टर्सको पहलमा नेपालमा यस वर्ष करिब १३ करोडभन्दा बढी मूल्यका स्वास्थ्य सामग्री भित्रिँदै गरेको नेपाल संयोजक शान्त शर्माले बताए । उनका अनुसार पहिलो चरणको कोरोनाको समयमा बुद्ध गुरु मास्टर्स र बोधिसत्वा विहारबाट करिब ५ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री नेपालमा वितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्