मुगुमा ज्वरो, रुगा खोकीका बिरामीहरूको संख्या बढ्दै

विश्व महामारी कोरोना भाइरसको दोस्रो चरणको भेरिएन्ट नामक भाइरसले मुगु जिल्लाको दुरदराज बस्तीमा रहेका मानिसहरूलाई सताइरहेको समयमा हिजो आज ज्वरो, रुगा खाकीले थप सताइरहेको छ ।
जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकामा बसोबास गर्ने धेरैजसो स्थानीय मानिसहरूमा हिजो आजको समयमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, नाकबाट सिंगान बग्ने, शरीर दुख्ने जस्ता लक्ष्यण देखा पर्ने बिरामीहरूको फेला परेका छन् ।
यस्ता लक्ष्यण भएको बिरामीहरूलाई चेक जाँच गराउने हो भने केहीको कोरोना पोजेटीभ देखिएपछि अन्य स्थानीय मानिसहरू कोरोना देखाउँछ कि भने र स्थानीय जडिबुटी कुटुकी, चिराइतो जस्ता घरेलु उपचार गरी निको हुने गरेको धेरैजसो स्थानिय मानिसले बताएका छन् ।
सोरु गाउँपालिकाकोको वडा नम्बर ४ रावल वाडमा रहेको ५० घरधुरीभन्दा बढी दलित बस्तीमा पनि यस्तै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, नाकबाट सिंगान बग्र्ने, शरीर, छाती जुउ दुख्ने जस्ता लक्ष्यण देखिने बिरामी धेरै छन् । स्थानीय सरकार गाउँपालिकाका मातहतबाट सञ्चालन हुने स्वास्थ्य संस्थामा औषधी नभएको निजी मेडिकलबाट चर्को मूल्यमा औषधी किनेर उपचार गर्ने आर्थिक अभावमा रहेका नागरिकहरूले घरेलु जडिबुटीको औषधी प्रयोग गर्ने गुनासो गरेका छन् ।
यता सोरु गाउँपालिकाले आव २०७७।०७८मा सशर्त अनुदानबाट १८ लाख निश्यातथ अनुदानबाट गरी ३३ लाखको औषधी खरिद गरिएको र पुनः ५ लाखको औषधी खरिद गरी ३८ लाख बराबरको औषधी खरीद गरिएको र केही औषधी स्वास्थ्य सस्थामा बितरण गरी सकेको र केही औषधी गाउँपालिकाको स्टोरमा रहेको छ । स्वास्थ्य संस्थाबाट माग आएअनुसारको औषधी उपलब्ध गर्ने गरेको र हिजो–आज सबैभन्दा बढी मौसमी चेन्ज भएको हुँदा रुगा खोकी, ज्वरोका बिरामीहरू बढेको स्वास्थ्यकर्मी जानकारी गराएका छन् ।