सर्लाहीमा २० दिनसँगै बिताएर दलित युवतीलाई छोडी प्रेमी फरार «

सर्लाहीमा २० दिनसँगै बिताएर दलित युवतीलाई छोडी प्रेमी फरार

सर्लाहीमा फेरि एक दलित युवती जातीय विभेद, अमानवीय र यौन शोषणको सिकार भएकी छिन् । सर्लाहीको विष्णु गाउँपालिका–७ दुल्वामा गैरदलितसँग प्रेममा परेर बिहेका लागि घरबाट भागी अलपत्र परेकी मुसहर समुदायको १८ वर्षीय दलित युवतीको उद्वार गरिएको छ । प्रेमी फरार भएपछि गोठालो घरमा विगत १० दिनदेखि बन्धक रहेकी दलित युवतीको अधिकारकर्मीहरूद्वारा उद्वार गरी सुरक्षित गृहमा राखिएको छ ।
प्रेमी स्थानीय छिमेकी किसुनदेव रायको छोरा अन्दाजी २० वर्षीय शिवा भनिने शिवकुमार यादवसँग प्रेम सम्बन्ध रहेको युवतीसँग २० दिनसँगै बिताएर दलित केटीसँग बिहे गर्न सक्दैन भनी युवक फरार भएपछि युवकको आफन्तले पानी नचल्ने समुदायको केटी भएको कारण घरमा पस्न नदिई विगत १० दिनदेखि गाईगोठमा बन्धक बनाएर राख्दै आएको थियो ।
केही महिनादेखि प्रेम सम्बन्ध रहेकी युवकले जीवनभर साथदिने वाचा गरेपछि आमाबुबा र परिवारको कुनै प्रवाह नगरी छिमेकी युवक शिवा भनिने शिवकुमार यादवसँग घर छोडेर भागेकी थिइन । बाराको जितपुरमा पहिलादेखि नै भाडा लिएको कोठमा लगेर युवकले २० दिनसम्म राखे । शरीरिक चाहनार सुख पूरा भएपछि घरमा ल्याएर अलपत्र छोडेर फरार भएका थिए ।
आफन्तले समेत घरबाट भागेका आफनो घरमा बस्न नदिई त्यही युवकको घरमा गएर बस भनेपछि युवतीतल्लो जातिका भएका कारण बुहारीका रूपमा स्विकार्न सक्दैन भनी युवकको आफन्तले गाईगोठमा ल्याएर राखे । विगत १० दिनदेखि गाईगोठमा बस्दै आएको युवती सुरक्षाको दृष्ट्रिकोणले समेत असुरक्षित, सर्पले टोक्ने डर र बलात्कारको सिकार हुने जोखिम उच्च भए पनि पैसा र सत्ताको आडमा युवतीलाई धाकधम्की र डरत्रास देखाएर एक्लै सुनसान गाईगोठमा राख्दै आएको थियो । यो घटनाबारे स्थानीय अधिकारकर्मी र सामाजिक अगुवाहरूलाई जानकारी भएपछि प्रहरी र दलित अधिकारकर्मीसँग सहकार्य गरेर उद्वार गरियो ।
गएको मंगलवार पीडित युवतीले जातीय छुवाछूत, शरीरिक बन्धक र बलर्जस्ती करणी गरेको भन्दै युवकविरुद्व जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराएकी छिन् ।
आफूसँग प्रेम सम्बन्ध भएको र तिमीसँग बिहे गर्छु भनेपछि यादवसँग घरबाट छोडेर भागेको पीडित युवतीले बताइन् । तर, अहिले आएर मसँग बिहे गर्न नचाहेको पीडित युवतीले दुखेसो पोखिन । २० दिनपछि सिवाकै सल्लाहमा राति ३ बजे गाउँफर्के । गाउँफर्केपछि सिवाले भने, ‘तिमी मुसहर जातिको म यादव हाम्रो विवाह गर्न मिल्दैन, तिमीआफ्नै घर जाऊँ भने ।’ आफू आफनो परिवारको इज्जत र प्रतिष्ठामा आँचआउने काम गरेको भन्दै आमाबुबाले समेत आफूलाई घरमा पस्न दिएन र तिमीतल्लो जातको छौं, तिम्रो पानी चल्दैन भनी केटाको परिवारले समेत स्विकार्न गरेन । जीवन भर साथ दिने मलाई एक्लै छोडेर फरार भए । आज म विगत १० दिनदेखि एक्लै सुनसान गाईगोठमा बस्दै आएको छु । एक्लै बस्दा डर लागे पनि युवकको आफन्तले घरमा पस्न नदिई तल्लो जातको भएकाले गोठमै राख्दै आएको पीडितले गुनासो गरिन् ।
हाम्रो परिवारको इज्जतलाई लिएर सडकमा फालिदिएको पीडित युवतीको आमाले गुनासो गरिन् । छोरीलाई बिहेको प्रलोभन देखाई घरबाट भगाए । २० दिनसम्म सँगै बस्दा उसलाई दलित देखिएन । शरीरिक सुख र चाहना पूरा भएपछि तँ दलितको छोरी छस, तलाई बिहे गरेर घरमा राख्न सक्दिैन भनी अलपत्र छाडी केटा फरार भए । छोरीले गाईगोठमा १० दिनदेखि नरकीय जीवन बिताउँदै आएको दुखेसो पोखिन ।
प्रहरीले जाहेरी दर्ता गरी भोलिपल्ट नै युवकलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्