एभरेष्ट बैंकद्वारा श्पुन रेमिट बेलायतसँग साझेदारी
एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवाका लागि श्पुन रेमिटसँग सेवा आदाप्रदान गर्न सम्झौता गरेको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
श्पुन रेमिट अनलाइन प्रोडक्ट र ट्रेडिङ्गका लागि दर्ता गरिएको एमए फास्टमोवअन्तर्गतको नाम हो । जुन वेबका साथै मोबाइल एप्लिकेसनको दुवै एन्ड्रोइड र आइओएसमा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
यस साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्ने बताइएको छ ।
श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजितमार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपालभर रहेका नौ हजारभन्दा बढी पे–आउट एजेन्टहरु र बैंकका १०३ वटा शाखाबाट नगद भुक्तानी लिन सकिने बताइएको छ ।