सिटिजन लाइफको अनलाइन बिमा दाबी सेवा सुरू «

सिटिजन लाइफको अनलाइन बिमा दाबी सेवा सुरू

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितिमा सेवाग्राहीको सहजताका लागि अनलाइन्मार्फत नै बिमा दावी गर्न सकिने सेवाको सुरुवात गरेको छ ।
आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिति एवम् आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बिमा दाबी सेवाको शुभारम्भ गरेको जनाएको छ ।
यस सुविधामार्फत अबदेखि सेवाग्राहीले बिमा दावी गर्न कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दावी प्रकृया पूरा गर्न सकिन्छ । आफ्नो वेबसाइटमार्फत उक्त सेवा लिन सकिने कम्पनीले विज्ञप्ति जारी गरेर जनाएको छ
सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ वर्षदेखि सञ्चालनमा रहेको बताइएको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको जनाएको छ ।
ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरिय बनाउँदै जाने क्रममा डिजिटल सिटिजन अभियानअन्तर्गत कम्पनीले आगामी दिनमा पनि थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु सञ्चालनमा ल्याउने प्रतिवद्धतासमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्