सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते «

सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले यही जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको वैशाख ३१ गते सम्पन्न सञ्चालक समितिको बैंठकले उक्त सभाको गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत कम्पनीले जनाएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान तथा नगद प्रवाह तथा अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको बताइएको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
यसैगरी सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्