ज्योति लाइफको स्मार्ट एप्समा थप सुविधा
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेवा प्रभावकारी बनाउन कम्पनीको मोबाइल एप्समा सुविधाहरु थप गरेको जनाएको छ । आफ्ना सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई थप प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले ज्योति लाइफले बिमित तथा अभिकर्ता उपयोगी हुने स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएकोे जनाएको छ ।
एन्ड्रोइड तथा आइओएस दुवै मोबाइल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामासमेत उपलब्ध भएकाले यो एप्स सबैखाले प्रयोगकर्ताका लागि युजर फ्रेन्ड्ली रहेको कम्पनीको दावी छ ।
बिमितहरुले ज्योति लाइफबाट जारी गरिएका बिमा लेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारी आफंैले उक्त एप्समार्फत प्राप्त गर्न सक्ने बताइएको छ । यसैगरी कम्पनीद्वारा जारी अन्य आवश्यक सूचनाहरुपनि एपमार्फत सहजै पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै अभिकर्ताहरुले पनि आफूले बिक्री गरेका बिमा लेखहरुको विवरण, टिमको विवरण र व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गरी स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुविधाहरुका साथ सार्वजनिक गरीएको कम्पनीको भनाइ छ ।
ज्योति लाइफले सबै प्रकारका बिमा योजनाका बारेमा आकर्षक भिडियोसहित आफ्ना सेवा–सुविधाको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको जनाएको छ । यस एप्समा क्यालेण्डर तथा विश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेश गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बिमा शुल्क गणनाको प्रोपोजल पठाउन÷सेयर गर्न सक्ने बताइएको छ ।