Logo

गुठी जग्गाले सरकारी सुविधा लिन वञ्चित

????????????????????????????????????


रघुगंगा गाउँपालिका–३ पिप्ले अम्राईमा भएको जग्गा वसन्त बोगटी गुठीमा परिणत स्थानीय ४० घर परिवार सरकारी सेवासुविधा लिनबाट वञ्चित भएका छन् । सरकारलाई तिरो तिरेर पनि लाटुपाध्याय सन्ततिलाई भोग चलन गरिरहेको जग्गा वसन्त बोगटी जग्गामा कायम हुँदा व्यवसाय तथा सेवासुविधा लिनबाट वञ्चित भएका हुन् ।
लाटुपाध्याय सन्तति समाज अम्राई राखु पिप्लेले वसन्त बोगटी गुठी जग्गाको समस्या समाधान गरिदिन माग गर्दै स्थानीयबासीले स्थानीय, प्रदेश र संघ सरकारका जनप्रतिनिधिलाई दबाब सिर्जना गरे पनि समाधान हुन नसकेको वसन्ती बोगटी गुठी जग्गाबाट पीडित स्थानीयबासी गणेश रिजालले बताए । जग्गामा खेतीपाती गरिरहे पनि सडकले छोएको जग्गा व्यापार व्यवसायका लागि बैंकबाट धितो राखे ऋण लिनबाट वञ्चित भएको गुनासो सुनाए ।
सम्वत १८६६ साल आश्वित २ गते श्री गिरिराज चक्र चूडामणि, श्री मन्महाराजाधिराज श्रीमहाराजा गिर्वाण जुद्धविक्रम शाह शम्सेरले ३०३ रोपनी जग्गालाई वसन्ती बोगटी जग्गामा कायम गरेका थिए । सो जग्गामा लाटुपाध्याय सन्ततिले बगैंचा बनाई सुन्तला, कटहर, बिबिरा, केरालगायतका फलफूल लगाई जोगी सन्यासी र बैरागीलाई दिनु भन्दै उपाध्याय सन्तति समाजलाई हस्तान्तरण गरेका हुन् । यो दुई सय वर्ष पुरानो वसन्त गुठीको नाममा ३०३ रोपनी जग्गा छ ।
लाटुपाध्याय सन्तति समाजका ४० घर परिवारको पुर्खाको नाममा जग्गा भए पनि हाम्रो नाममा जग्गा नहुँदा दासीन युगमा दिन बिताउन बाध्य भएको स्थानीयबासी गणेश सुवेदीले बताए । विभिन्न समयमा राजनीतिक दल, उपाध्याय दाजुभाइ र बेनी नगरपालिका–१ रत्नेचौरका बोगटी दाजुभाइको उपस्थितिमा भएको निर्णय कार्यान्वयन गर्न ढिलाइ भएको हँुदा यो समस्या नियमबद्ध रूपमा समाधान गर्न सरकारले साचो देखाएको छैन ।
वसन्त बोगटी गुठी जग्गा प्रयोग गरेवापत रघुगंगा हाइड्रो पावरले दिएको ७५ लाख मुआब्जासमेत बोगटी दाजुभाइले लगेर अक्षयकोष राखेको भन्दै यसलाई पनि निष्पक्षता गरिदिन आग्रह गरेका छन् । वसन्त गुठी जग्गाको समस्या समाधान गर्न तीन तहको सरकारलाई दिएको दबाब र जनप्रतिनिधिको बेवास्ताले स्थानीय आक्रोशित भएका छन् ।
त्यस्तै जिल्ला समन्वय समिति देवेन्द्रबहादुर कटुवालले राखु पिप्ले, राखु भगवती र दोवा गुठी जग्गाको समस्या समाधान गर्नका लागि पञ्चायतकालदेखि पहल सुरु भए पनि समाधान गर्न नसकेर यथावत रहँदै आएको बताए । त्यस्तै रघृुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको २ र ३ वडामा भएको मुक्तिनाथ गुठी र वसन्त बोगटी गुठी जग्गाको समस्या समाधान गर्न केन्द्रमा अनुरोध गरे पनि कानुनी रूपमा भूमिनीति परिवर्तन नहुँदा यथावत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्