Logo

मकैमा फौजी किराको प्रकोप

तेह्रथुम जिल्लाको ग्रामीण क्षेत्रमा फैजी किराले मकै खेती नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । अघिल्लो वर्षपनि फौजी किराको मारमा परेका किसानलाई यस वर्ष पनि सोही समस्याले सताएको छ यस वर्ष समयमै पानी परेकाले मकै राम्रो उत्पादन हुने आशा गरेपनि फौजी किराले बाली नष्ट गरेपछि निशास बनेको छथर गाउँपालिका ३ पञ्चकन्याका स्थानीय गीता थापा बताउँछिन् । अन्य आम्दानीको स्रोत नुहँदा अन्नबालीकै भरमा रहेका किसानलाई भने यो समस्या झनै ग्रसित बनाउने भएको छ । वन्यजन्तुको हैरानीका कारण आजित बन्दै आएका यहाँका स्थानीयलाई प्राकृतिक प्रकोपका कारण समस्या थपिँदै गएको छ ।
जिल्लाको लालिगुराँस नगरपालिका र छथर गाउँपालिकामा रोगको प्रकोपले मकैबालीमा क्षति गर्न थालेपछि स्थानीय सरकार नियन्त्रणको प्रयासमा जुट्न थालेको हो । मकैको पहिलो गोडाइकै समयमा किराले नष्ट गर्न थालेपछि खाद्यन्य संकट हुन सक्ने भएको किसानहरु बताउँछन् । लालिगुराँस नगरपालिकाले किसानलाई औषधी प्रदान गरेको नगरपालिका उपप्रमुख तिला पोखरेलले बताइन् । खेतीको सुरुमै किराको प्रकोप बढेसँगै ५० प्रतिशत अनुदानमा औषधी वितरण गरिएको छथर गाउँपालिका कृषि शाखाका प्रमुख हिमबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्