कुवेतमा नेपाली फुटबल टोलीको अभ्यास «

कुवेतमा नेपाली फुटबल टोलीको अभ्यास

कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरणअन्तर्गत भोलि नेपालले पहिलो खेलमा चाइनिज ताइपेईको सामना प्रतिस्पर्धा गर्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोली पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवित राख्न चाहन्छ ।
विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले हालसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल सोही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जीवन्त राख्न चाहन्छ ।

तर, कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेल अघि बताएका छन् । यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।

नेपाल भोलि चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रनेछ । चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हार विर्सन लक्ष्यका साथ नेपाल विरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड–१९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमका रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुपमा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।
फिफा वरियताको १ सय ४१ औ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१ औं स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमने सामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा १–० ले पछि परेका अवस्था उल्ट्याउँदै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटमा भिडेका थिए । जाहा नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्