लुम्बिनी प्रदेशलाई संघीय सरकारको साढे १५ अर्ब बजेट «

लुम्बिनी प्रदेशलाई संघीय सरकारको साढे १५ अर्ब बजेट


संघीय सरकारले आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशलाई साढे १५ अर्बको बजेट विनियोजना गरेको छ ।
संघीय सरकारले लुम्बिनी प्रदेशलाई १५ अर्ब ६१ करोड २५ लाख विनियोजन गरेको छ । जसमा चालुतर्फ १० अर्व ५६ करोड १२ लाख र पिंजीगत तर्फ ५ अर्ब ५ करोड १३ लाख विनियोजन गरिएको छ । संघीय सरकारले प्रदेश सरकारलाई समानिकरण अनुदानतर्फ ८ अर्ब २ करोड ५७ लाख, सशर्त अनुदानतर्फ ६ अर्ब २३ करोड ३ लाख, विशेष अनुदान ६३ करोड ४९ लाख र समपुरक अनुदानतर्फ ७२ करोड १६ लाख विनियोजन गरेको छ । लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन् भने १ सय ९ वटा स्थानीय तहहरु रहेका छन् ।
त्यसैगरी दाङ जिल्लामा आगामी आर्थिक वर्षका लागि साढे ४ अर्ब बढी विनियोजन गरेको छ । संघीय सरकारले प्रस्तुत गरेको बजेटमा दाङका लागि उक्त बजेट छुट्याइएको हो । आगामी आर्थिक २०७८÷०७९ का लागि जिल्लाका १० वटा स्थानीय तहले साढे ४ अर्ब भन्दाबढी बजेट प्राप्त गरेका हुन् । १० स्थानीय तहलाई ४ अर्ब ५६ करोड ७ लाख बराबरको रकम प्राप्त हुने भएको हो ।
जिल्लामा २ उप–महानगरपालिका १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । यसरी प्राप्त गरेको बजेटमध्ये चालु तथा ४ अर्ब ५ करोड ७३ लाख र पुँजीगततर्फ ५० करोड ३४ लाख बजेट रहेको छ । जिल्लाको घोराही उप–महानगरपालिकाले सबै भन्दा धेरै बजेट प्राप्त गरेको छ भने सबै भन्दा कम दंगिशरण गाउँपालिकाले प्राप्त गरेको छ ।
घोराही उप–महानगरपालिकामा संघीय सरकार बाट १ अर्ब ३ करोड ५५ लाख बजेट प्राप्त गरेको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले ९१ करोड ५८ लाख, लमही नगरपालिकाले ४४ करोड ६९ लाख बजेट प्राप्त गरेको छ ।
यसैगरी गढवा गाउँपालिकालाई ३६ करोड ९५ लाख, राप्ती गाउँपालिकालाई ३३ करोड ४० लाख, बबई गाउँपालिकालाई ३३ करोड १६ लाख, बंगलाचुली गाउँपालिकालाई ३२ करोड ६ लाख बजेट प्राप्त गरेको छ ।
शान्तिनगर गाउँपालिकाले २७ करोड ९१ लाख, राजपुर गाउँपालिकाले २७ करोड ५३ लाख र दंगीशरण गाउँपालिकाले २५ करोड २४ लाख बजेट प्राप्त गरेको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान स्थानीय तहलाई प्राप्त हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्