धादिङका १३ पालिकालाई ४ अर्ब ८० करोड

अध्यादेशमार्फत तोकिएकै मितिमा जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यमार्फत धादिङ जिल्लाका १३ पालिकाकालाई आर्थिक वर्ष ०७८/०७९ मा खर्च गर्न चार अर्ब ८० करोड ४४ लाख बजेट विनियोजन गरेका छन् । दुई नगरपालिका र ११ गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरण गरी चार शीर्षकमा अनुदान रकम विनियोजन गरेका हुन् । नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र रुवीभ्याली गाउँपालिकाले विशेष पाएका छैनन् । यसैगरी नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका र रुवीभ्याली गाउँपालिकाले समपूरणको अनुदान पाएका छैनन् । भौगोलिक विविधताले भरिपूर्ण र सडक सञ्जालको जालोमा बेरिँदै गरेको रुवीभ्याली पर्यटकीय हिसाबले जिल्लाको महत्वपूर्ण पालिका हो तर यस पालिकालाई विशेष अनुदान र समपूरण अनुदान दिइएको छैन ।
नीलकण्ठ नगरपालिकाले समानीकरण अनुदान २३ कारोड ४९ लाख, सशर्त अनुदान ३७ करोड ४२ लाख, गरी ६३ करोड एक लाख र धुनिबेसी नगरपालिकाले समानीकरण अनुदान १६ करोड २० लाख, सशर्त अनुदान १७ करोड ७६ लाख र विशेष अनुदान ८३ र समपूरण अनुदान दुई करोड ४९ लाख गरी ३७ कारोड २८ लाख अनुदान पाउने भएको छ । यसैगरी गजुरी गाउँपालिकाले समानीकरण अनुदान १५ कारोड १ लाख, सशर्त अनुदान १६ करोड १८ लाख, विशेष अनुदान तीन करोड ३२ लाख र समपूरण तीन करोड ६४ लाख गरी ३८ कारोड १५ लाख अनुदान र गल्छी गाँपपालिकाले समानीकरण अनुदान १४ कारोड ७३ लाख, सशर्त अनुदान १९ करोड ६१ लाख, विशेष अनुदान ९५ लाख गरी ३५ कारोड २९ लाख अनुदान पाउने भएको छ । ज्वालामुखी गाउँपालिकाले समानीकरण अनुदान १३ कारोड ७९ लाख, सशर्त अनुदान २० करोड ४ लाख र समपूरण अनुदान ६२ लाख गरी ३४ करोड ४५ लाख अनुदान पाउने भएको छ ।
त्रिपुरासन्दरी गाउँपालिकाले समानीकरण अनुदान १३ कारोड ७० लाख, सशर्त अनुदान २२ करोड ६३ लाख , विशेष अनुदान एक करोड ६७ लाख र समपूरण अनुदान दुई करोड ८ लाख गरी ४० करोड आठ लाख अनुदान पाउने भएको छ । थाक्रे गाउँपालिकाले समानीकरण अनुदान १६ कारोड ९१ लाख, सशर्त अनुदान २० करोड तीन लाख, विशेष अनुदान चार करोड १५ लाख र समपूरण अनुदान चार करोड छ लाख गरी ४५ करोड १५ लाख पाउने भएको छ । यसैगरी नेत्रवती दब्जोङ गाउँपालिकाले समानीकरण अनुदान ९ करोड ८७ लाख, सशर्त अनुदान १२ करोड एक लाख, विशेष अनुदान एक करोड ६६ लाख समपूरण २७ लाख गरी २३ कारोड ८१ लाख र बेनीघाट रोराङ गाउँपालिकाले समानीकरण अनुदान १६ कारोड ४७ लाख, सशर्त अनुदान १४ करोड ७९ लाख, विशेष अनुदान एक करोड ९१ लाख र समपूरण अनुदान दुई करोड ७८ लाख गरी ४५ करोड ९५ लाख पाउने भएको छ ।
यसैगरी रुवीभ्याली गाउँपालिकाले समानीकरण अनुदान ७ कारोड ७० लाख, सशर्त अनुदान ८ करोड ७९ लाख, गरी १६ कारोड ४९ लाख र सिद्धलेक गाउँपालिकाले समानीकरण अनुदान १३ कारोड ६७ लाख, सशर्त अनुदान १८ करोड ९५ लाख, विशेष अनुदान तीन करोड २४ लाख, समपूरण अनुदान एक करोड ३९ लाख गरी ३७ कारोड २५ लाख पाउने भएको छ ।
यसैगरी खनियाबास गाउँपालिकाले समानीकरण अनुदान ९ कारोड ६९ लाख, सशर्त अनुदान ११ करोड आठ लाख, विशेष अनुदान एक करोड ७१ लाख र समपूरण अनुदान एक करोड ३९ लाख गरी २३ कारोड ८६ लाख र गंगाजमुना गाउँपालिकाले समानीकरण अनुदान १३ कारोड ५९ लाख, सशर्त अनुदान २१ करोड ४१ लाख, विशेष अनुदान चार करोड ९९ लाख र समपूरण अनुदान २७ लाख गरी ३९ कारोड ६७ लाख पाउने भएको छ ।