Logo

स्याङ्जाका स्थानीय तहलाई ४ अर्ब बढी विनियोजन


सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब बढी रकम विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा स्याङ्जाका स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन गरिएको छ । नगरपालिका तर्फ सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ५८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम बजेट भीरकोट नगरपालिकालाई ३८ करोड ५१ लाख विनियोजन गरिएको छ ।
गल्याङ नगरपालिकालाई ५३ करोड ७९ लाख विनियोजन गरेको छ । समानीकरण अनुदानमा १३ करोड ४३ लाख र सशर्त अनुदानतर्फ ३५ करोड ४६ लाख, समपूरक अनुदान ४ करोड ६ लाख र विशेष अनुदान ८४ लाख विनियोजन गरिएको छ ।
त्यस्तै गरी चापाकोट नगरपालिकालाई जम्मा ४२ करोड ६० लाख विनियोजन गरेको छ । समानीकरण अनुदानमा १० करोड ६७ लाख छ भने सशर्त अनुदानतर्फ २८ करोड ३८ लाख, समपूरक अनुदान १ करोड ३९ लाख र विशेष अनुदानमा २ करोड १६ लाख विनियोजन गरिएको छ ।
पुतलीबजार नगरपालिकालाई ५८ करोड ६४ लाख विनियोजन गरेको छ । समानीकरण अनुदानमा १५ करोड ३ लाख र सशर्त अनुदानतर्फ ४३ करोड ६१ लाख गरी जम्मा ५८ करोड ६४ लाख विनियोजन गरिएको छ ।
त्यस्तै भीरकोट नगरपालिकालाई ३८ करोड ५१ लाख विनियोजन गरेको छ । समानीकरण अनुदानमा १० करोड ८० लाख, सशर्त अनुदानतर्फ २५ करोड ८० लाख, समपूरक अनुदानमा ६६ लाख र विशेष अनुदानमा १ करोड २५ लाख विनियोजन गरिएको छ ।

वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख विनियोजन गरिएको छ । समानीकरण अनुदानमा १६ करोड ३९ लाख, सशर्त अनुदानतर्फ ३९ करोड ६२ लाख र विशेष अनुदान १ करोड ६६ लाख रहेको छ ।
गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम फेदीखोला गाउँपालिकालाई २४ करोड ३७ लाख विनियोजन गरिएको छ । अर्जुन चौपारी गाउँपालिकालाई २७ करोड ६४ लाख विनियोजन भएको छ ।
त्यस्तै आँधीखोला गाउँपालिकालाई ३३ करोड ७८ लाख विनियोजन गरिएको छ भने कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ६५ लाख विनियोजन गरिएको छ । फेदीखोला गाउँपालिकालाई २४ करोड ३७ लाख विनियोजन गरिएको छ भने बिरुवा गाउँपालिकालाई ३१ करोड ५ लाख विनियोजन भएको छ । हरिनाश गाउँपालिकालाई ३१ करोड ६ लाख विनियोजन गरिएको छ ।
स्याङजा जिल्लाको ११ स्थानीय तहहरुमा ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरीएको छ । उक्त रकम मध्ये समानीकरण अनुदानमा १ अर्ब १९ करोड ३० लाख, सशर्त अनुदानतर्फ २ अर्ब ८७ करोड ५८ लाख, समपूरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदानमा १४ करोड १७ लाख रहेको छ । विनियोजन गरिएको बजेट रकम अघिल्लो वर्षको भन्दा ४० करोड ५४ लाख बढी हो ।

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्