Logo

अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

अमेजन वेब सर्भिसेज एकेडेमीको नेपालमा सुरुवात भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जीनीस सोलुसनले गरेका हुन् । त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा पहिलो पटक सुरुवात भएको एकेडेमीले हजारौँ विद्यार्थीलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्ने बताइएको छ ।
सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ । यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि जीनीस सोलुसन लगायतकाहरूसँग काम गरिरहेको एकेडेमीको दावी छ ।
कार्यक्रममा देशमा हाल भइरहेका सीप विकास तथा रोजगारी सिर्जनालाई विस्तार गर्ने, द्रूत गतिमा बढाउने बारेमा भएको भविष्यमुखी छलफलमा विभिन्न शैक्षिक संस्था, उद्योग, दातृ निकाय, सञ्चार माध्यमका विविध नेतृत्व तथा पेशाकर्मीहरू र रोजगार अपेक्षीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्