शिखर इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईएिबल एस क्यापिटल नियुक्त «

शिखर इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईएिबल एस क्यापिटल नियुक्त

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरुमा जारी गर्दैछ ।
हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्