एनएलजी इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा «

एनएलजी इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा

एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १७ गते जुममार्फत बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
जसअनुसार कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको छ । सेयरधनीहरुले उक्त लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाले पारित गरेपछि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्