मंगलम केयरको पीसीआर जाँचमा छुट «

मंगलम केयरको पीसीआर जाँचमा छुट

सीपीभीसी पाइप्स र फिटिङस उत्पादक तथा नेपालको पोलिमर पाइपिङ उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिजले प्लम्बरहरूको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’ को सुरु गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएका प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा ५ हजार औषधी खर्च व्यहोर्ने जनाएको छ ।
‘मंगलम पाइप्सको लागि प्लम्बरहरू टेक्निसियन मात्र नभएर परिवार पनि हुन । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंगभएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो । हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँच गर्न र औषधि उपचार गर्न केहि हद सम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ,’ मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।

प्रतिक्रिया दिनुहोस्