हिमालयले निःशुल्क खोप ओसार्दै
हिमालय एअरलाइन्स्ले चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप निःशुल्क ढुवानी गरेको जनाएको छ ।
एअरलाइन्स्को एयरबसले जेठ १८ र १९ गते तिब्बतको कुनमिङ्ग शहरबाट चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्ने जनाएको छ । हिमालयका ती उडानहरुले चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपका २ लाख डोजका ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्न लागेको जनाएको छ । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्ने बताइएको छ ।
कम्पनीले सामाजिक उक्तदायित्वअन्र्तगत निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले करिब दुई करोड २५ लाख रूपयाँ बराबरको आर्थिक योगदान पु¥याउने जनाएको छ ।
“कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एअरलाइन्स् तथा सम्द्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागिवास्तवमै गौरवको विषय पनि हो ।” हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्गले भने ।
हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्च तहको उडान सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्दै आएको दावी गरेको छ । कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्स्को व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनको पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको जनाएको छ । परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्स्ले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको जनाएको छ ।
महामारीको सुरुदेखि नै हिमालय एअरलाइन्स् नेपाल सरकार र नेपाली जनतालाई सहयोग पु¥याउन सक्रिय रुपमा लागिपरेको जनाएको छ । यसअघि हिमालयले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा एक करोड रूपैयाँ सहयोग रकम जम्मा गर्नुका साथै देशका विभिन्न स्वास्थ्यसंस्थाहरुमा स्वास्थ्य उपकरण सहयोग गरेको जनाएको छ ।