Logo

पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय

नेकपा(एमाले)ले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि भइरहेका छलफलहरुको समिक्षा गर्दै पार्टी एकताको निम्ति अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले भने, ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भइरहेका छलफलहरुका बारेमा संक्षिप्त विवेचना गरेका छौँ । नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने छलफल गरेका छौँ । निर्णय गरेका छौँ ।’
बैठकले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्नका निम्ति दबाब दिईएको भन्दै त्यस्तो दबाव स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल नखाने भएकाले यस्तो गतिविधि गर्नु नहुने निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्नेगरी जे ढंगका दबाव, अस्वस्थ खालका गतिविधि भइरहेका छन् त्यसको बारेमा समिक्षा ग¥यौँ । आफुले भनेकै न्यायाधिश चाहिन्छ र आफुले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढंगले सिर्जना गरिएका दबाबहरु स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल खाँदैनन् । यस्ता कुराहरु उचित होइनन् र यस्तो हुनुहुँदैन भन्ने हामिले निष्कर्ष निकालेका छौँ ।’
त्यसैगरी बैठकले बजेट जनताको चाहाना अनुसारको अहिलेको आवश्यकतालाई पूर्ति गर्नेगरी आएको निष्कर्ष निकालेको छ । लुम्बिनीमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीलाई अन्र्तघात भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । लुम्बिनीको अन्र्तघातको सम्बन्धमा थप समिक्षा, अध्यययन गरेर त्यसबारेमा आवश्यक निर्णय गरिने पनि उनले बताउए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता ज्ञवालीले बैठकमा माधव नेपाल पक्षका स्पष्टिकरण सोधिएका नेताहरुलाई कारबाही गर्नेबारे एजेण्डा नभएको बताए । एकता जोगाउन बनेको कार्यदलमा परेका केही नेता कारबाहीमा परेको अवस्थामा कार्यदल अस्तित्वमा नरहेको स्पष्ट पार्दै उनले पार्टी एकता बचाउनको निम्ति नेताहरुबीच कुराकानी भने भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्